कर्णाली प्रदेश सरकारले रेमडेसिभिर औषधी खरीद प्रक्रिया थाल्यो
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने रेमडेसिभिर औषधी खरीद प्रक्रिया अगाडि बढाएकाे छ ।
कोरोना संक्रमितका बिरामीलाई उपचारमा प्रयोग हुने औषधी खरिदका लागि कर्णाली प्रदेश मन्त्रिपरिषदले सामाजिक विकास मन्त्रालय आवश्वक प्रक्रिया थाल्न निर्देशन दिएको हो ।
कोरोनाका बिरामीको उपचार तथा रोकथामका लागि अक्सिजन, औषधि खरीद र हवाई उद्धारका लागि १३ करोड ८० लाख बजेट निकासा गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेसँगै प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
‘आवश्यक बजेटको व्यवस्था गरेर तत्काल औषधी, अक्सिजन र दुर्गमका कोरोना संक्रमणका बिरामीलाई उपचारका लागि प्रक्रिया अगाडी बढेको छ ,’ उनले भने,‘त्यसको तत्काल व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।’
मन्त्री परिषद्को निर्णय अनुसार सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश स्वास्थ्य निर्देशनालयले काम अगाडी बढाएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
‘ टेन्डर प्रक्रिया सुरु भएको छ । औषधि विभागले तोकेको रेटमा कुनै सप्लायर्सले दिन नसक्ने भएकाले टेन्डरबाट अघि बढ्न लागिएको हो ,’ उनले भने,‘चाडै आपूर्ति गर्ने तरिकाले काम भइरहेको छ ।’
कर्णाली प्रदेश सरकारले अक्सिजन सिलिन्डर खरीद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटरका लागि ५ करोड ४५ लाख, रेमडेसिभिर औषधी खरिदका लागि १ करोड र कोरोना संक्रमितको हवाई उद्धारका लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण