होम आईसोलेसनमा बसेका बिरामीलाई घरघरमै पुगेर औषधि वितरण
वीरेन्द्रनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई घरघरमै पुगेर औषधि वितरण गर्न थालेको छ । अस्पतालमा शय्या तथा अक्सिजन अभावको समस्या देखिएको समयमा अधिकांश संक्रमित यतिबेला घरमै आइसोलेसनमा छन् । त्यस्ता संक्रमितको स्वास्थ्यमा थप समस्या नआओस् भनेर नगरपालिकाले औषधि वितरण थालेको हो ।
नगर उपप्रमुख मोहनमाया ढकालका अनुसार नगरपालिकाले संक्रमितको नियमित स्वास्थ्य चेकजाँच र घरघरमै गएर औषधि तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ । रातोपाटीसँग उनले भनिन्, ‘अक्सिजनको मात्रा कमी भएको खण्डमा त्यस्ता बिरामीलाई अस्पताल पु¥याउने काम पनि नगरपालिकाले गर्दै आएको छ ।’
नगरपालिकाको १६ वटै वडामा सम्बन्धित वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, मेयर, उपमेयर र वडाका अन्य जनप्रतिनिधिहरु गएर संक्रमितलाई औषधि वितरण गर्ने गरेका छन् । उपप्रमुख ढकालका अनुसार पारासिटामोल, जीवनजल, जिङ्क चक्की, एजिथ्रोमाईसिन, भिटामिन बी लगायतका औषधि, साबुन, टुथपेस्ट तथा ब्रस लगायतका सामग्रीसमेत वितरण गर्ने गरिएको छ ।
संक्रमितहरुको मनोबल उच्च राख्न उनीहरुलाई परामर्शसमेत दिने र स्वास्थ्यको बारेमा जानकारी लिने काम भएको उनले बताइन् । उनी भन्छिन्, ‘हाम्रो यो अभियानले अस्पतालमा पनि चाप कम भएको छ ।’
वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाम र प्रतिकार्यका लागि २५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउनुका साथै हप्ताको तीन दिन कोरोना परीक्षणसमेत गर्ने गरेको छ । संक्रमितलाई अस्पतालसम्म लैजान सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले तीनवटा एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ ।
नगर क्षेत्रमा गत वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी छ । नगरपालिकाले निषेधाज्ञाको पालना भए–नभएको समेत अनुगमन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण