आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

आइतबार, ०९ जेठ २०७८, १९ : २३
आइतबार, ०९ जेठ २०७८

जनकपुर । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र र जसपा नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

आइतबार जनकपुरधामको शिव चोकमा नेकपा माओवादी केन्द्र धनुषा र जनता समाजवादी पार्टी नेपालको संयुक्त नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो । प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले बताए । उनले तत्काल प्रतिगामी कदम सच्याउनका लागि माग समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप