बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा एकैदिन ५१० जनाले जिते काेराेना, २७९ थपिए

आइतबार, ०९ जेठ २०७८, १९ : ५२
आइतबार, ०९ जेठ २०७८


 कर्णालीमा एकै दिन ५१० जनाले काेराेना जितेका छन् ।  पछिल्लाे पटक निकाे भई डिस्चार्ज हुनेकाे याे सबैभन्दा धेरै संख्या हाे ।  अब, कर्णालीमा ६ हजार ४ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २७९ काेराेनाका नयाँ बिरामी थपिएका छन् ।

आरटीपीसिआर विधिबाट २४९ जनामा गरिएकाे परिक्षणबाट  ११९ जनामा काेराेना पुष्टि भएकाे छ भने ६११ जनामा गरिएकाे एन्टिजेन विधिकाे परीक्षणबाट १६० जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएकाे छ ।

 यस्तै पछिल्लो २४ घण्टामा १० जनाकाे काेरानाबाट मृत्यु भएकाे छ । मृत्युु हुनेमा दैलेखका १, डाेल्पा १, जुम्ला १ , सल्यान ३ र सुर्खेतमा ४ जनाकाे मृत्यु भएकाे छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप