मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
सोमबार, १० जेठ २०७८, १७ : १७
कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि केही युवाहरुले धर्ना दिएका छन् ।
प्रदेशमा पर्याप्त अक्सिजनको माग गर्दै युवाहरूको समूहले
आज धर्ना दिएका हुन् ।
उनीहरुकाे माग ‘जिम्मेवार बन सरकार’, ‘इनफ इच इनफ’, ‘दैनिक २५० सिलिन्डर अक्सिजनको व्यवस्था गर’ लगायत छ ।
एकजना युवा अभियन्ता अनिल ढकालले पहिलो दिन धर्नामात्र बसेको र यदि प्रदेश सरकारले साँच्चिकै जनताको स्वास्थ्यमाथि जिम्मेवार नबनेको अवस्थामा रिले अनसनदेखि आमरण अनसनसम्म बस्ने बताएका छन् ।
निषेधाज्ञामा उनीहरुले मुख्यन्त्री कार्यालय अगाडि नै गएर धर्ना दिएका हुन् ।
कर्णाली प्रदेशमा हाल अक्सिजनको चरम अभाव छ । अक्सिजनको लागि नेपालगन्जकै भर पर्नुपर्ने अवस्था छ ।
प्रदेशका विभिन्न क्षेत्रमा अक्सिजन प्लान्ट मार्फत् अक्सिजन उत्पादन भए पनि त्यो पर्याप्त हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण