गिरिजा र केपी ओली उस्तै : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओलीलाई काँग्रेस नेता स्व.गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउने मुख्यमन्त्री पोखरेलको तर्क छ ।
केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी र विरोध भइरहे पनि भोलि केपी ओलीको खोजी हुने पोखरेलको तर्क छ । साथै अहिले प्रधानमन्त्री ओलीप्रति सहानुभूति बढ्न थालेको पनि पोखरेलले बताएका छन् ।
राष्ट्रिय राजनीति तरल भएपछि केही दिनयता काठमाडौंमा रहेका मुख्यमन्त्री पोखरेलले ओलीलाई गिरिजासँग तुलना गर्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन् –
अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिबेला उहाँको तिव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिँड्न लागिरहेको भान भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् । त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ ।
आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुँडीका रुपमा मात्र बुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् ।
दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ, समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण