बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निषेधाज्ञामा म्याद नाघेका सामाग्रीको बिक्री, प्रशासनद्वारा सामाग्री नष्ट

मङ्गलबार, ११ जेठ २०७८, १६ : ५०
मङ्गलबार, ११ जेठ २०७८

 सुर्खेतमा गत वैशाख १४ गतेदेखि निषेधाज्ञा गरिएकाे छ । निषेधाज्ञाकाे माैका छाेपि व्यापारीहरुले भने माैकाकाे फाइदा उठाइरहेको पाइएको छ। बजारमा यतिबेला अधिकांश दैनिक आवश्यक सामाग्रीको मूल्य व्यापारीले मनाेमानी वृद्धि गरिरहेका छन् । 
प्रशासनले अनुगमन गर्दा साेही मुल्यमा बिक्रीवितरण गरेकाे व्यापारी बताउँछन् । यद्यपि उपभाेक्ताहरुले सामान्य नुन, तेल, चाउचाउ जस्ता सामाग्रीकाे बिल नमाग्ने गर्दा व्यापारीहरुले अनुगमन समितिलाई छल्ने गरेका पाइएकाे छ । उपभोक्ताले बजारमा तेलकाे मूल्य वृद्धि भएकाे गुनासाे गर्ने गरेका छन् ।
पहिला ११० मा पाईने तेल अहिले १५० सम्म बिक्री गर्ने गरेकाे पाईएकाे छ ।
यस्तै वर्षाैँदेखि गाेताममा राखि म्याद नाघेका सामाग्रीहरु समेत निषेधाज्ञाकाे माैका छाेपि बिक्री गरेकाे पाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आ म्याद नाघेका १५ हजारभन्दा बढी मूल्य बराबरका खाद्य सामग्री नष्ट गरेको छ । 
बजार अनुगमनको क्रममा सुर्खेतको बराहताल गाउँपालिका स्थित बड्डीचौर बजार क्षेत्रका पसलबाट सामग्री बरामद गरी नष्ट गरिएको हो । 

म्याद नाघेका खाने तेल, दालमोठ, चिउरा, इम्ली, भुजा, चाउचाउ, प्याकेटको माछाजस्ता वस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

निषेधाज्ञा जारी गरिएसँगै निषेधाज्ञाको समयमा हुने अवैध कारोवार रोक्नका लागि प्रशासनले संयुक्त रूपमा बजार अनुगमनलाई तिव्रता दिएकाे प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

अनुगमनका क्रममा मूल्यमा एकरूपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामग्री भएमा छुट्टै राखी नष्ट गर्ने, निजी स्वास्थ्य संस्थाले वर्तमान कोभिड-१९ को बढ्दो संक्रमणको अवस्थामा सर्वसाधारण नागरिकलाई दिने सेवा र मनोपरामर्शलाई अझ प्रभावकारी बनाउने जस्ता सुझाव दिने गरिएको छ । प्रशासनले यस अघि वीरेन्द्रनगर बजार क्षेत्र तथा जिल्लाका अन्य विभिन्न क्षेत्रमा समेत अनुगमन गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप