शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ८९८ संक्रमित थपिँदा एकैदिन ३५३ जना संक्रमणमुक्त

बुधबार, १२ जेठ २०७८, २० : २९
बुधबार, १२ जेठ २०७८

विराटनगर । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिँदा एकैदिन ३३५ जना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका संक्रमित एकैदिन यतिधेरै संक्रमणमुक्त हुनेको यो संख्या अहिलेसम्मकै उच्च  भएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुष सहित १६९,  सुन्दरहरैचा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४–१४, पथरी शनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनवर्षी र जहदामा ४–४, ग्राम थानमा ३,  मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका २–२, बेलबारी, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इनरुवामा १०५, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१,  दुहवीमा १०, रामधुनीमा ८, बराह क्षेत्र र गढीमा ४–४, भोक्राहानरसिह र स्थानीय तह नखुलेका २–२, हरिनगर, बर्जु , कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरा दहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह«दशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि पाँचथरको फिदिममा ५२, फालेलुङ, हिलिहाङ र फाल्गुनन्दमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २०, साँघुरीगढीमा १४, छथरमा १०, पाख्रिबास ४,  संखुवासभाको चैनपुरमा ३०, खाँदबारीमा ९, मादीमा १, खोटाङको हलेसी तुवाचुङमा १५, भोजपुरको षडानन्दमा ६, भोजपुर नगरपालिकामा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा २,  इलामको चुलाचुली र इलाम नगरपालिकामा १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । आज ३५३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ । प्रदेश १ मा आज २ हजार २२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३८८ महिला र ५१० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप