हुन्डीको ५३ लाखसहित २ जना पक्राउ
बिहीबार, १३ जेठ २०७८, १९ : १८
पर्साको वीरगञ्जबाट प्रहरीले हुन्डीको ५३ लाख सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका घर भएका शिव आनन्द गुप्ता र पर्साको बीरगञ्ज महानगरपालिका घर भएका प्रकाश जैसवाल छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बीरगञ्ज महागरपालिका–८ मा डेरामा बस्ने २६ वर्षीय शिव आनन्दको डेराबाट २९ लाख ८० हजार अवैध हुन्डीको रकम बरामद गरेको छ । बीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाललाई हुन्डी रकम बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट २४ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण