परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गृह जिल्ला गुल्मीका लागि स्वास्थ्य सामग्री पठाएका छन् । गुल्मी क्षेत्र नम्बर १ का सांसद समेत रहेका उनले गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरूका लागि अक्सिजनसहित सिलिन्डर, माक्स, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् । पठाइएका सामग्री उनका स्वकीय सचिव जङ्ग नेपालीले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण गरे ।
जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका लागि ६० वटा अक्सिजनसहितका सिलिन्डर, नौ वटा कन्सन्टेटर, ६ हजार सर्जिकल माक्स, ६० लिटर सेनिटाइजर, एन् नाइन्टी फाइभ माक्स ५ सयवटा हस्तान्तरण गरिएको छ । स्वकीय सचिव नेपालीका अनुसार गाउन र पिपिई दुई÷दुई सय थान, एन्टिजेन्ट किट १ हजार ५ सय, बेड ५ वटा लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्य सामग्री ल्याउन पहल गर्ने परराष्ट्रमन्त्री लगायत सबैलाई धन्यवाद दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण