बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा स्वास्थ्य सामग्री

बिहीबार, १३ जेठ २०७८, २० : ०४
बिहीबार, १३ जेठ २०७८

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गृह जिल्ला गुल्मीका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।  गुल्मी क्षेत्र नम्बर १ का सांसद समेत रहेका उनले गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरूका लागि अक्सिजनसहित सिलिन्डर, माक्स, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् । पठाइएका सामग्री उनका  स्वकीय सचिव जङ्ग नेपालीले  बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण गरे ।

जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका लागि ६० वटा अक्सिजनसहितका सिलिन्डर, नौ वटा कन्सन्टेटर, ६ हजार सर्जिकल माक्स, ६० लिटर सेनिटाइजर, एन् नाइन्टी फाइभ माक्स ५ सयवटा हस्तान्तरण गरिएको छ । स्वकीय सचिव नेपालीका अनुसार गाउन र पिपिई दुई÷दुई सय थान, एन्टिजेन्ट किट १ हजार ५ सय, बेड ५ वटा लगायतका स्वास्थ्य सामग्री   हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी  शर्माले स्वास्थ्य सामग्री ल्याउन पहल गर्ने परराष्ट्रमन्त्री लगायत सबैलाई धन्यवाद दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप