अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकुको मृत्यु
शुक्रबार, १४ जेठ २०७८, १८ : ३१

मजार–ए–सरिफ । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकुको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकुलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् ।
कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् । सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए ।
बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिंसात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर
-
रातोपाटीकर्मी शाही सम्मानित