अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकुको मृत्यु
शुक्रबार, १४ जेठ २०७८, १८ : ३१
मजार–ए–सरिफ । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकुको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकुलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् ।
कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् । सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए ।
बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिंसात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण