शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

शुक्रबार, १४ जेठ २०७८, २२ : ४६
शुक्रबार, १४ जेठ २०७८

पाल्पामा एक पुरुष ८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१  बर्षीय बाबु पक्राउ परेका हुन् ।  

जेठ १३  गते  जबरजस्ती करणी विरुद्ध  जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए । यता गुल्मीको रुरू गाउँपालिका २ रुद्रवेणीका एक युवक १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

जेठ ११ गते  बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उता, रुपन्देहीमा  पनि एक पुरुष  ४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोप उनलाई पक्राउ गरि अनुसन्धान थालिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप