८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
पाल्पामा एक पुरुष ८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१ बर्षीय बाबु पक्राउ परेका हुन् ।
जेठ १३ गते जबरजस्ती करणी विरुद्ध जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए । यता गुल्मीको रुरू गाउँपालिका २ रुद्रवेणीका एक युवक १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जेठ ११ गते बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उता, रुपन्देहीमा पनि एक पुरुष ४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोप उनलाई पक्राउ गरि अनुसन्धान थालिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण