धनगढी बसपार्कमा एक पुरुषको हत्या, ४ किशोर पक्राउ
कैलाली । कैलालीमा एक पुरुषको हत्या गरेको आरोपमा ४ किशोर पक्राउ परेका छन् । जिल्लाको धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिवेणी चोक बस्ने १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका ४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीका घोडाघोडी नगरपालिका १ बस्ने १८ वर्षीय युवराज शाही रहेका छन् ।
बिहीबार राती १२ बजे प्रतीक्षालयमा रगतम्य अवस्थामा एक पुरुष ढलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले प्रतीक्षालयमा ढलेका पुरुषलाई मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । उनको साथमा रहेको पैसा लुटपाट गरी हत्या भएको अनुमान प्रहरीले गरेको छ । पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण