गण्डकीमा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ५४० जनामा कारोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६६३ जनामा गरिएको नमुना परीक्षण ३०० पुरुष र २४० जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ७४, म्याग्दी १५, स्याङ्जा ७, बाग्लुङ ११५, पर्वत ३४, तनहुँ १७, गोरखा १०४, लमजुङ ८९ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३० हजार २३२ पुगेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६६१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण