‘बजेट चुनावी घोषणापत्र जस्तो भयो’
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले शनिबार प्रस्तुत गरिएको संघीय सरकारका बजेट चुनावी घोषणापत्र जस्तो भएको बताएका छन् ।
प्रचारण मुखी बजेट आएपनि कर्णालीको आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै शर्माले यस्तो बताएका हुन्।
‘यो अरु केही होइन, चुनावी घोषणापत्र हो भनेर बुझ्नुस्, उनले भने, रियालिटी हिसाबले हेर्नुभयो भने व्यवहारमा कार्यान्वयन हुने किसिमको हुनुपर्छ ।तर, त्यस्तो देखिएन् । चुनावलाई केन्द्रीत गरेर मात्र हुँदैन । रियालिटी प्रक्रियामा आउनुपर्यो ।’
कर्णालीको समग्र जति आयोजना भनिएको छ त्यसमा कुनै पनि आयोजना बजेटमा व्यक्त नगरिएको उनले बताए । शर्माले भने, ‘रकममा बोलेको बजेटपनि एकदमै कम भयो । कर्णाली जस्तो भौगोलिक विकटता, जटिलता भएको प्रदेशमा जुन किसिमको बजेट छुट्याइएको छ योजनामा त्यो प्रयाप्त छैन् ।’
मन्त्री शर्माका अनुसार बजेट अप्रत्याशिलो र व्यवहारमा जाने खालको छैन् ।
आफूहरुले धेरै पटक आग्रह गर्दा पनि हुम्ला र डोल्पा नाका जोड्ने सडक बारे सुनाई नभएको उनले बताए । ‘सुर्खेत–खुलालु भनेर जुन बजेट सम्बोधन गरिएको छ । त्यो रकमले पुग्दैन। अनुमान गर्नुहोस् त अरु ठाउँ र कर्णालीमा विकास गर्न कत्तिको भिन्नता छ’, उनले भने ।
साथै शर्माले कर्णालीलाई समेटेर बजेटमा भनिएको कुराहरूले कर्णालीको गरिबी घटाउने र अन्य सन्दर्भबाट हेर्दा खासै नछुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण