कोभिसिल्ड खोपको दोश्रो मात्रा तत्काल लगाउन नपाइने
कोभिशिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले तत्काल दोस्रो मात्रा लगाउन नपाउने भएका छन् । परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलका अनुसार पहिलो चरणको खोप लगाएकाहरुले तत्काल दोश्रो मात्रा लगाउन नपाउने भएका हुन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाइएको ९ देखि १२ हप्ताको बीचमा दोस्रो मात्रा दिने घोषणा गरेको थियो । जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाएको ११ हप्ता नाघिसकेको छ । १२ हप्ताभित्र खोपको दोस्रो मात्रा दिने सम्भावना कम रहेको पोखरेलले बताए ।
यद्यपि, यो खोप पहिलो मात्रा लगाइएको १६ हप्ताभित्र पनि दिइने गरिएको छ । यो खोपको दोस्रो मात्रा १२ हप्ता पछि लगाएपनि काम गर्ने पोखरेलले जानकारी दिए । केही महिनाअघि भारतबाट ल्याइएको यो खोपको थप डोज आउने नआउने निश्चित नभएपछि अन्योल भएको छ ।
सरकारले भारत, चीन, बेलायत, रुस, अमेरिका लगायतका मुलुकबाट खोप ल्याउने कुटनीतिक पहल गरिरहेको छ । अब प्राप्त हुने कोरोनाविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने तयारी भइरहेको पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण