समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिन्छ : मुख्यमन्त्री पोखरेल
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताएका छन् ।
राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा आज अखिल नेपाल महिला सङ्घले आज भर्चुअल रुपमा आयोजना गरेको ‘जबज, नेपाली महिला आन्दोलन र प्राप्त उपलब्धी’ विषयक कार्यक्रममा उनले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको नेतृत्वमा उक्त समृद्धिको यात्रा सफल हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘‘कार्ल मार्क्सले नेपाली समाजको बहुलतासहितको अध्ययन गर्न पाएको भए मार्क्सवादमा त्यसबेलै केही परिमार्जन हुन्थ्यो । जननेता मदनकुमार भण्डारीले मार्क्सवादलाई सिर्जनात्मक प्रयोग र विकास गर्दै ‘जबज’ प्रतिपादन गर्नुभयो । हामी ‘जबज’ लाई खोपको भीमसेन बनाउने पक्षमा नभई यसलाई समाजवाद स्थापनाको यात्रामा क्रमिक विकास गर्दै अघि बढिरहेका छौँ ।’’
एमालेका केन्द्रीय सदस्य डा. वृन्दा पाण्डेले आधुनिक समाजमा पनि पितृसत्तात्मक प्रवृत्तिविरुद्ध महिलाहरु सङ्घर्षरत हुनु परेकाले समृद्धि र महिला आन्दोलनलाई जोड्न नसकिएमा समाजवाद हासिल नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण