रुपन्देहीमा ५ फरार प्रतिवादी पक्राउ
बुटवल । रुपन्देहीमा प्रहरीले एकैदिन पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट सजाय भइ हालसम्म फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाका अनुसार पक्राउ पर्नेमा साविक मक्रहर–६ (हाल तिलोत्तमा–११) रुपन्देहीका रुपा बुढाथोकी भन्ने ५३ वर्षीय धनबहादुर बुढाथोकी, साविक मधवलिया (हाल तिलोत्तमा–१६) का ५६ वर्षीय कन्हैया कुँवर जोगी, तिलोत्तमा–१६ कै ३६ वर्षीय राजन चौधरी भन्ने वेनिराम कुँवर जोगी, साविक सुर्यपुरा–२ हाल गैडहवा–८ का ३२ वर्षीय वलबीरकुमार सुनार र साविक शंकर नगर (हाल तिलोत्तमा–२) का ३४ वर्षीय बाबुराम विक रहेका छन् ।
डीएसपी थापाका अनुसार अदालतले धनबहादुरलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष, कन्हैयालाई कर्तव्य ज्यानमा १४ वर्ष, वेनीरामलाई जबरजस्ती करणीमा ७ वर्ष, वलबीरलाई कर्तव्य ज्यानमा १९ वर्ष ३ महिना र बाबुरामलाई अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष ८ महिना गरी पाँच जनालाई ५४ वर्ष ८ महिना ३ दिन कैद सजायको फैसला गरेको थियो ।
पक्राउ परेकाहरुलाई मंगलबार रुपन्देही जिल्ला अदालतमा कैद भुक्तानको लागि बुझाइएको र उनीहरु कारागार कार्यालय चलान भएको प्रहरीले जनाएको छ । रुपन्देहीमा अपराध न्यूनीकरण गर्ने उद्देश्यले २०७८ वैशाख १ गतेदेखि जिल्ला प्रहरी कार्यालयले ‘फरार प्रतिवादीविरुद्धको अप्रेशन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण