बेलायतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोनाको खोप
लन्डन । बेलायतमा कोरोना विरूद्धको खोप अभियान शुरु भएको ६ महिना भन्दा पनि कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाइसकेका छन् । बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशतले पहिलो डोज र ४९.५ प्रतिशतले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ५६ लाख ५८ हजार ९४९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९५ लाख ८५ हजार ६६५ जनाले पहिलो डोज र दुई करोड ६० लाख ७३ हजार २८४ जनाले दोस्रो डोज लगाएका छन् । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गइरहेको छ । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो ।
हाल दैनिक संक्रमण दर तीन हजारमाथि रहँदै आएको छ । निरन्तर बढ्दो क्रममा रहेको संक्रमण दर बुधबार चार हजार ३३० पुगेको छ । यो संख्या एक हप्ताभित्र ३६ प्रतिशतले बढेको हो । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ९४ हजार ६९९ पुगेको छ ।
यसैगरी बितेको २४ घन्टामा १२ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७९४ पुगेको छ । अघिल्लो दिन बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या महामारी शुरु भएयता पहिलोपल्ट शून्यमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण