लागुऔषध र भरुवा बन्दुकसहित २ जना पक्राउ
बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनीहरुलाई लागुऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन् ।
जितबहादुरको घरबाट गाजाँको धुलो र डम्बरबहादुरको घरबाट चरेसजस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरुलाई लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण