इजरायलका विपक्षी पार्टीहरूबीच नयाँ सरकार गठनको सहमति
इजरायलका विपक्षी पार्टीहरूबीच नयाँ सरकार गठनका लागि सहमति बनेको छ । यो सहमतिसँगै प्रधानमन्त्रीका रुपमा बेन्जामिन नेतन्याहुको १२ वर्षे कार्यकाल अन्त्य हुनसक्छ । एस अतिद पार्टीका नेता यैर लापिडले आठवटा दलहरुबीच गठबन्धन बनेको घोषणा गरे । यामिना पार्टीका प्रमुख नफ्ताली बेन्नेट र यैरबीच आलोपालो सरकार चलाउने सहमति पनि बनेको छ । जसअनुसार पहिले नफ्ताली र त्यसपछि लापिड प्रधानमन्त्री बन्ने छन् ।
यस सहमतिबारे राष्ट्रपति रिउभेन रिभ्लिनलाई जानकारी गराइसकिएको लापिडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘म वाचा गर्छु कि यो सरकारले सबै इजरायली जनताको पक्षमा काम गर्नेछ, जसले यसलाई भोट दिएका थिए उनीका पक्षमा र जसले भोट दिएनन् उनीहरुका पक्षमा पनि’ उनले भने ।
इजरायलको संसद्मा १ सय २० सदस्य छन् । त्यसमध्ये बहुमतका लागि ६१ सिट आवश्यक पर्छ र विपक्षी गठबन्धनसँग कुल ६३ सिट छ । सामाजिक सञ्जालमा अहिले लापिड, बेन्नेट र अरब इस्लामिक राम पार्टीका नेता मन्सुर अब्बासले सहमतिमा हस्ताक्षर गरिहेको फोटो चर्चामा छ । यहुदी राष्ट्रवादी पार्टी र अरब इस्लामिक पार्टीबीच यस्तो सहमति हुन्छ भनेर कमैले मात्र अनुमान गरेका थिए ।
दशकौंयता सरकारमा अरब–इजरायल पार्टी सहभागी हुन थालेको हो । अरब–इजरायलीको प्रतिनिधित्व गर्ने अन्य पार्टीहरुले भने बन्नेटले प्यालेस्टाइनी राज्यको अवधारणालाई खारेज गर्ने भएकाले उनको विपक्षमा रहने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण