इजरायलका विपक्षी पार्टीहरूबीच नयाँ सरकार गठनको सहमति

इजरायलका विपक्षी पार्टीहरूबीच नयाँ सरकार गठनका लागि सहमति बनेको छ । यो सहमतिसँगै प्रधानमन्त्रीका रुपमा बेन्जामिन नेतन्याहुको १२ वर्षे कार्यकाल अन्त्य हुनसक्छ । एस अतिद पार्टीका नेता यैर लापिडले आठवटा दलहरुबीच गठबन्धन बनेको घोषणा गरे । यामिना पार्टीका प्रमुख नफ्ताली बेन्नेट र यैरबीच आलोपालो सरकार चलाउने सहमति पनि बनेको छ । जसअनुसार पहिले नफ्ताली र त्यसपछि लापिड प्रधानमन्त्री बन्ने छन् ।
यस सहमतिबारे राष्ट्रपति रिउभेन रिभ्लिनलाई जानकारी गराइसकिएको लापिडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘म वाचा गर्छु कि यो सरकारले सबै इजरायली जनताको पक्षमा काम गर्नेछ, जसले यसलाई भोट दिएका थिए उनीका पक्षमा र जसले भोट दिएनन् उनीहरुका पक्षमा पनि’ उनले भने ।
इजरायलको संसद्मा १ सय २० सदस्य छन् । त्यसमध्ये बहुमतका लागि ६१ सिट आवश्यक पर्छ र विपक्षी गठबन्धनसँग कुल ६३ सिट छ । सामाजिक सञ्जालमा अहिले लापिड, बेन्नेट र अरब इस्लामिक राम पार्टीका नेता मन्सुर अब्बासले सहमतिमा हस्ताक्षर गरिहेको फोटो चर्चामा छ । यहुदी राष्ट्रवादी पार्टी र अरब इस्लामिक पार्टीबीच यस्तो सहमति हुन्छ भनेर कमैले मात्र अनुमान गरेका थिए ।
दशकौंयता सरकारमा अरब–इजरायल पार्टी सहभागी हुन थालेको हो । अरब–इजरायलीको प्रतिनिधित्व गर्ने अन्य पार्टीहरुले भने बन्नेटले प्यालेस्टाइनी राज्यको अवधारणालाई खारेज गर्ने भएकाले उनको विपक्षमा रहने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटस’ जारी गर्न पत्राचार
-
‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई
-
एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह