शिकार खेल्दा मिस फायर भएर साथीको मृत्यु, ६ जना पक्राउ
मोरङको केराबारी गाउँपालिकास्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्दा मिस फायर भएर साथीको मृत्यु भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ मा केराबारी गाउँपालिका वडा नम्बर–३ घर भएका ३२ वर्षीय हस्तबहादुर राईको दाहिने कुममा गोली लागेर मृत्यु भएको थियो ।
केराबारी गाउँपालिका घर भएका गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुलेको मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । हत्यामा संलग्न गजेन्द्र र रुविन लिम्बुलाई प्रहरीले वैशाख ९ मा पक्राउ गरेको थियो । बुधवार थप ४ जनालाई पक्राउ गरिएको एसपी खड्काले बताए ।
पक्राउ पर्नेमा केराबारी–३ घर भएका ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ घर भएका १९ वर्षीय विपन लिम्बु छन् । बाँसघारी खोप राष्ट्रिय वनमा शिकारीहरुले लुकाएर राखेको ४ थान भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । हस्तबहादुरको शव फेला परेका दिन प्रहरीले थप १ थान भरुवा बन्दुक बरामद गरेको थियो । आरोपीहरु विरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण