गण्डकीमा एकैदिन १ हजार ५३ जना कोरोना संक्रमण मुक्त

पोखरा । गण्डकी प्रदेशमा थप ९०६ जना कोरोनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार ३११ जनाको नमुना परीक्षण गरिएकोमा थप ९०६ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ जना महिला र ४७५ जना पुरुषको कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ३०३, म्याग्दी ४७, स्याङ्जा ९३, बाग्लुङ ७३, पर्वत ३९, तनहुँ ७०, गोरखा ९८, लमजुङ ८२ र नवलपुर ८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ७४१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३४ हजार ३०८ पुगेको छ ।
गण्डकीमा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी