कर्णाली सरकारमा काँग्रेसबाट बिसी र श्रेष्ठको नाम सिफारिस
बिहीबार, २० जेठ २०७८, २० : ४८
सुर्खेत । नेपाली काँग्रेसले कर्णाली सरकारमा दुई मन्त्रीको नाम सिफारिस गरेको छ । काँग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्दु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको हो । आज साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेको छ’ शाहीले भने, ‘सपथ भोलिमात्रै हुन्छ ।’ काँग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण