भारतमा लगातार चौथो दिन नयाँ संक्रमितको संख्या १.५० लाखभन्दा कम

भारतमा कोरोनाको असर कम हुने सिलसिला जारी छ । बिहिबार यहाँ १ लाख ३१ हजार २८० नयाँ संक्रमित भेटिए, २ लाख ५ हजार ७७१ सनको भए र २,७०५ को मृत्यु भएको छ । नयाँ संक्रमितको आँकडा लगातार चौथो दिन १.५० लाखभन्दा कम भेटिएको छ । यसअघि ३० मेमा १.५१ लाख व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा अघिल्लो दिन ७७,२३९ को कमी आएको छ । जसका कारण चार दिनमा नै करिब चार लाखको गिरावट देखिएको छ । ३० मे मा कूल २० लाख २२ हजार ४५ सक्रिय संक्रमित थिए जुन अब घटेर अब १६ लाख ३१ हजार ४२७ थिए ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका कूल संक्रमितः १.३१ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.०५ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,७०५
हालसम्म कूल संक्रमित भइसकेकाः २.८५ करोड
हालसम्म निको भएकाः २.६५ करोड
हालसम्म कूल मृत्युः ३.४० लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १६.३१ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु
-
काठमाडौँको माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन
-
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ? संसद् र सरकारबिच विवाद
-
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो