घरेलु हिंसाको आरोपमा एक युवक पक्राउ
सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
किशोरीले अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताए । पक्राउ परेका यादवलाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । किशोरीको उद्धार गरी जिल्ला सदरमुकाममा रहेको एक सेफ हाउसमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण