अमेरिकाद्वारा लगानी विस्तारमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरुको सूची विस्तार
अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ ।
राष्ट्रपतिले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने लक्ष्य राखेको देखिएको छ । चिनियाँ कम्पनीहरूको सुरक्षा र निगरानीमा जोडिएका प्राविधिक फर्म तथा कम्पनीको लगानीमाथिको नियन्त्रणलाई सुदृढ पार्दै आफ्नो मुलुकको सुरक्षालाई अघि बढाउने छ ।
“प्रतिबन्ध बिस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मुल्य मान्यतालाई बेवास्ता नगरुन् भन्ने रहेको छ,” निर्देशनमा भनिएको छ । संशोधित सूचीमा वासिङ्टनले धार्मिक र जातीय अल्पसंख्यकहरूको निगरानी वा दमन र गम्भीर मानवअधिकार उल्लङ्घनमा योगदान पुर्याउने कम्पनीहरू समावेश गरेको बताइएको छ ।
विस्तारित सूचीमा अमेरिकी प्रविधि र लगानीमा पहुँच सीमित गरेको दावी गरिएका धेरै कम्पनीहरू पहिले नै अमेरिकी रक्षा मन्त्रालयको कालोसूचीमा थिए । चिनियाँ प्राविधि कम्पनी हुवावे, नेशनल अफसोर आयल कम्पनीलगायतका ३१ कम्पनीहरूको प्रतिबन्धलाई अमेरिकाले ५९ पुर्याएको छ ।
बेइजिङको यस सम्बन्धमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । यद्यपि चिनियाँ अधिकारीहरूले व्यक्त गरेका अनौपचारिक भनाइहरूमा अमेरिकालाई राष्ट्रिय सुरक्षाको अवधारणा विकृत पार्ने र राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । बेइजिङले चिनियाँ उद्यमहरूको अधिकार र हितको रक्षा गर्न अनिर्दिष्ट आवश्यक कदम बेइजिङले चाल्नुपर्ने धारणा उनीहरूले राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण