मन्त्री बनेपछि केही बचत, घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थपिएको छैन : प्रदीप ज्ञवाली
परराष्ट्र मन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ ६० बचत रहेको जानकारी गराएका छन् ।
उनले केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बनेपछि सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको सामाजिक सञ्जालमार्फत शुक्रबार राति जानकारी गराएका छन् । उनले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण