अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना
आइतबार, २३ जेठ २०७८, ११ : ११
भारतका दिग्गज अभिनेता दिलिप कुमार (९८) को आइतबार अचानक स्वास्थ्य खराब भयो । उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो । उनको घरमा नै उपचार भइरहेको थियो । आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।
दिलिप कुमारका आफन्त बशिर कोलोम्बोवालले बीबीसी हिन्दीसँगको कुराकानीमा उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।
उनले भने, ‘उनलाई सास फेर्न गाह्रो भइरहेको थियो त्यसैले उनलाई अस्पताल लिएर गयौं । हाल चिन्ता गर्नुपर्ने स्थिति छैन । तर उनको उमेर धेरै भएका कारण हामी कुनै खतरा लिन चाहँदैनथ्यौं त्यसैले उनलाई अस्पताल भर्ना गरिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण