नाइजेरियामा बन्दुकधारीहरुको आक्रमण, ८८ जनाको मृत्यु
आइतबार, २३ जेठ २०७८, १४ : १६

बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।
डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ ।
घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो । तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिए । थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् ।
यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी दूतावासले भन्यो - एमसीसी पूर्ण कार्यान्वयन हुन्छ
-
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित