प्रदेश नम्बर २ मा चार मन्त्री बर्खास्त
प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको विषयमा प्रदेश प्रमुख डा.राजेश झा अहिराजलाई जानकारी गराएका छन् । मुख्यमन्त्री राउतले जानकारी दिएलगत्तै प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचीसमेत प्रकाशित गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयले प्रकाशित गरेको सूची अनुसार तत्काल भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने भएका छन् । प्रदेश प्रमुख झाले चार मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्राप्त भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण