निषेधाज्ञा लागू गर्दा रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते
रौतहटको गरुडामा निषेधाज्ञाको कार्यान्वय गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
गेडहीगुठीमा तीन ओटा विवाहमा भीडभाड गरी डिजे बजाएर निषेधाज्ञाको अवज्ञा गर्दा प्रहरीहरूले हस्तक्षेप गर्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरे पछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धीविक्रम साहले बताए । झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन् ।
घाइते डीएसपीसहित प्रहरीहरुको स्थानीय गरुडास्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको एसपी साहले बताए। गत राति अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटमा जिल्ला प्रशासन कार्यालयले अगामी २६ गतेसम्म निषेधाज्ञा जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण