निषेधाज्ञा लागू गर्दा रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते

रौतहटको गरुडामा निषेधाज्ञाको कार्यान्वय गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
गेडहीगुठीमा तीन ओटा विवाहमा भीडभाड गरी डिजे बजाएर निषेधाज्ञाको अवज्ञा गर्दा प्रहरीहरूले हस्तक्षेप गर्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरे पछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धीविक्रम साहले बताए । झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन् ।
घाइते डीएसपीसहित प्रहरीहरुको स्थानीय गरुडास्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको एसपी साहले बताए। गत राति अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटमा जिल्ला प्रशासन कार्यालयले अगामी २६ गतेसम्म निषेधाज्ञा जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने