एटिएम मेशिन फुटाउने युवक पक्राउ
मङ्गलबार, २५ जेठ २०७८, १४ : २१
गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैँकभित्र प्रवेश गरेर एटिएम मेसिनमा हम्बरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।
मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवा भागेर बजारतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्लाका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । पक्राउ गरिएका युवा भारत घर बताउने गरेको र उदयपुरको गाईघाट बजारकै एक फर्निचर उद्योगमा काम गर्ने २१ वर्षीय युवा भएको प्रहरीले बताएको छ । पक्राउ गरिएका युवाले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को सङ्लग्न थिए भनेर प्रहरीले पक्राउ गरिएका युवालाई अनुसन्धान शुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण