पुँजी बजारको आकर्षण सरकार प्रतिको विश्वास हो : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्नु नै सरकार प्रतिको विश्वास रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
सो अवसरमा मन्त्री पौडेलले लगानीकर्ताको लगानी सुरक्षित गर्न र विश्वास गुम्न नदिन पूँजी बजारको विस्तार हुने वातावरण तयार गर्न समेत बोर्डलाई निर्देशन दिएका छन् । बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार तत्काल सुरु गर्न र पुँजी बजारमा भएका कमी कमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि उनले निर्देशन दिएका छन् ।
सो अवसरमा मन्त्री पौडेलले बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन हुनेमा कुनै शंका नभएको दोहो-याएका छन् । बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताउँदै उनले बजेटको कार्यान्वयनको पक्षलाई लिएर कोही पनि दुविधा र अन्योल नरहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण