३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ
बुधबार, २६ जेठ २०७८, १४ : ०९
रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।
रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण