श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुँदै
श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ । गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
यसै अवधीमा यहाँ २६ सय भन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म २ लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ ।
श्रीलङ्कामा पनि कोभिड–१९ को तेस्रो भेरिएन्ट शुरु भएको बताइएको छ । हाल यहाँ राष्ट्रव्यापी रुपमा यात्रा प्रतिबन्ध गरिएको छ । यो प्रतिबन्ध आगामी जुन १४ बाट खुल्ला गरिने अनुमान गरिएको छ । यहाँ गत दुई महिनायता १ लाख भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका पनि सरकारी स्रोतले जानकारी दिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण