वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने
वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाको प्राङ्गणमा रिफिलिङ्ग सहितको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ ।
मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो । सम्झौतामा मन्त्रालयबाट अक्सिजन प्लान्ट स्थापना गर्न एक पटकका लागि ६० लाख रुपैयाँ वीरेन्द्रनगर नगरपालिकालाई उपलब्ध गराउने मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै, सोही कार्यक्रम र बजेटको परिधिभित्र रही उपयुक्त क्षमताको रिफिलिङ्गसहितको अक्सिजन प्लान्ट स्थापना गर्ने जिम्मेवारी नगरपालिकालाई तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण