राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन अदालतको आदेश
जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ।
दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरू सबै हटाउन आदेश अदालतले आदेश दिएको हो ।
साथै यस्ता सामग्री राख्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार साइटहरु बन्द गराउन पनि आदेशमा भनिएको छ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसारित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु, जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु।’
साथै युट्युवलगाएतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरु हटाउन संघीय सरकार मार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ।
न्यायाधीश डा। आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरु प्रसारण प्रकाशन गर्नेविरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन पनि भनिएको छ।
यस्तै संवेदनशील विषयमा जथाभावी सामग्रीहरु प्रसारण प्रकाशन गर्ने साइटहरु आवश्यकताअनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
