बारामा लागु औषधसहित २ जना पक्राउ
शनिबार, २९ जेठ २०७८, २२ : ५४
बारा प्रहरीले अवैध लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साको बीरगञ्ज उपमहानगरपालिका ७ बस्ने २० वर्षीय शारुख खान मियालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । मियाँको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल बरामद गरेको छ ।
सोही स्थानबाट बीरगञ्ज उपमहानगरपालिका ३२ बदननगर बस्ने २६ वर्षीय गयासुदिन मियाँलाई पनि अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । मियाँबाट बा १५ प १७५२ नम्बरको मोटरसाइकलसहित १०० एमएल वनरेक्स ५ बोतल र नाइट्राभेट १० लेखिएको ७२ पिस ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण