गण्डकीमा प्रतिगमनको मतियारलाई हटाउन सफल भयौँ : जनमोर्चा
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको दाबी गरेका हुन् ।
'जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन्,' विज्ञप्तीमा भनिएको छ ।
प्रेस वक्तव्य
गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको छ । गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष गरिरहेको थियो । केन्द्रमा संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन् । जुन स्वागतयोग्य कुरा हो । प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ तथा कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छौँ । यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।
चित्रबहादुर के.सी.
अध्यक्ष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
