पाकिस्तानमा भारी वर्षासँगै आएको हुरीका कारण १० जनाको मृत्यु
पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् । मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए ।
यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ । बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ । हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ ।
पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेका छन्। उनले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पीडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत राहत दिइने खानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण