पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ
सोमबार, ३१ जेठ २०७८, १३ : ०७
बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३६ वर्षीय रामभरोसे थारुलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।
उपचारका क्रममा जेठ २६ मा नेपालगञ्ज मेडिकल कलेजमा प्रेमी थारुको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न आरोपीलाई इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दियाका इन्सपेक्टर बीरेन्द्रसिंह थापाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रामभरोसेमाथि सवारी ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण