राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी सेवा शुरु गर्ने
सोमबार, ३१ जेठ २०७८, १४ : २३
कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपिडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।
कोरोना भाइरस सङ्क्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आइसियु र ओपिडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति प्राडा. सङ्गीता भण्डारीले बताइन् । उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा शुरु गर्न थालिएको हो ।
कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण