नेपाल एयरलाइन्सले एकतर्फी दुबई–काठमाडौं चार्टर उडान गर्ने
नेपाल एयरलाइन्सको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो।
आज मंगलबारदेखि टिकट बिक्री समेत थालिएको नेपाल एयरलाइन्सका यूएई कन्ट्री म्यानेजर टिकाराम पंगेनीले रातोपाटीलाई बताए। यता रोजगार गुमाएर विगत २ महिनादेखि यूएईमा नै अलपत्र परेका नुवाकोटको हरि तामाङले चार्टर फ्लाइट खुले पनि सहज तरिकाले टिकट नपाएको बताए। उनले भने, ‘घर जान पाउने खुसीले टिकट लिन ट्राभल्स गए, ट्राभल्स एजेन्सीले टिकट छैन भन्यो। मुस्किलले टिकट पाएँ। तर टिकटको मूल्य धेरै महँगो, म कसरी घर जाउँ।’
नेपाल सरकारले कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि घर जान नपाएका सयौं नेपालीहरु यूएईमै अड्किएका छन्। यी मध्ये कयौंको ओभरस्टे र भिजिटमा घुम्न आएका नेपालीहरुको जरिवाना समेत शुरु भइसकेको छ भने नेपालमा आफन्त गुमाएकाहरु बढी प्रभावित भएका छन्।
नेपाल एयरलाइन्सले एकतर्फी उडान सुचारु गरेपनि टिकट एजेन्सीहरूले सहज रुपमा हवाई टिकट उपलब्ध गराउन सकेका छैनन्। लामो समय उडान बन्द भएकै कारण नेपाल फर्कनेहरूको सख्या धेरै भएकोले यस्तो समस्या आएको ट्राभल्स एजेन्सीहरू बताउँछन्। नेपाल सरकारले गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण