पछिल्लो २४ घण्टामा २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ भने संक्रमण मुक्त हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै निको हुनेहरुको दर ८८.५ प्रतिशत रहेको छ । अहिलेसम्म संक्रमणबाट ८ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण