मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ कामदार बेपत्ता

मेलम्ची खानेपानी आयोजना स्थलमा काम गर्ने ८ कामदार बेपत्ता भएका छन् । मंगलबार बेलुका सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाँधस्थलमा कार्यरत ३ जना चिनिया, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्क बिहिन भएकोले खोजी तथा उद्धारका लागि आग्रह गरेको छ ।
आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान आयोजना स्थलबाट हेलिकोप्टरमार्फत ७६ जनाको उद्दार गरी काठमाडौं र धुलिखेल ल्याइएको छ । यसरी उद्दार गरिएकाहरु सबैको अवस्था सामान्य रहेको छ । बाँकी रहेका सहकर्मी नभेटिएपछि उनीहरुको खोजीका लागि सबै संयन्त्रहरु परिचालित गरिएको जनाइएको छ ।
हेडवर्क्स नजिकैको क्याम्प साइट बाढीले बगाएपछि राती देखिनै प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीले हराएका कामदारहरुको खोजी जारी राखेका छन् ।
यस्तो छ खानेपानी आयोजनामा क्षति
मेलम्ची नदीमा मंगलबार साँझदेखि आएको बाढीले आयोजनाको क्याम्पहरू, उपकरणहरु, निर्माण सामाग्रीहरु बगाएको छ । यस्तै आयोजना स्थलसम्म पुग्ने पहुँच सडकहरू तथा पुलहरूलाई बगाएको छ । आयोजनाको मुख्य बाँध यथास्थितिमा रहेको र आयोजनाको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति नभएको जनाइएको छ ।
प्रवक्ता पन्तले अहिलेसम्म क्षतिको पूर्ण बिवरण आइनसकेको बताएका छन् । आयोजनामा हुन गएको क्षतिले सम्पूर्ण आयोजना, निर्माण व्यवसायी, परामर्शदाता सवैलाई दुःखी बनाएको र त्यस क्षेत्रमा हुन गएको मानवीय र पूर्वाधार एवं धनजनको क्षतिले मर्माहत तुल्याएको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
-
२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा