खोलाले बगाउँदा एक बालकको मृत्यु
बुधबार, ०२ असार २०७८, २२ : ५८
सप्तरीमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका– ४ स्थित बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो ।
भुतही बलान खोलापारी खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्याउन जाने क्रममा सन्तोषलाई बाढीले बगाएको थियो । सोही क्रममा उनको मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
१३ वर्षीय बालकको मृत शरीर सिमावर्ती बिहार राज्यको मधुवनी जिल्ला मझौरास्थित बलान खोला किनारमा फेला परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण