खोलाले बगाउँदा एक बालकको मृत्यु
बुधबार, ०२ असार २०७८, २२ : ५८
सप्तरीमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका– ४ स्थित बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो ।
भुतही बलान खोलापारी खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्याउन जाने क्रममा सन्तोषलाई बाढीले बगाएको थियो । सोही क्रममा उनको मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
१३ वर्षीय बालकको मृत शरीर सिमावर्ती बिहार राज्यको मधुवनी जिल्ला मझौरास्थित बलान खोला किनारमा फेला परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने