कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि ७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको बताइएको छ ।
उनले सो पत्रकार सम्मेलनमा भनेका थिए– ‘शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।’ सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।
तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए।
उनले यस विषयमा बेलायतका वैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण