बिहीबार पनि आएन नेप्सेमा सुधार, थप १.२९ अंकको गिरावट
बिहीबार, ०३ असार २०७८, १६ : २०
गत बुधबार एकैदिन ५२.४१ अंकले घटेर २९६९.६९ बिन्दुमा ओर्लिएको नेप्सेमा सुधार आउन सकेन । नेपाल स्टक एक्सचेन्ज –नेप्से) का अनुसार आज बिहीबार थप नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा झरेको हो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको आज २२३ कम्पनीका २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १ लाख २४ हजार ५६१ पटक किनबेच हुँदा कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स,जीवन बीमा, निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु ऋणात्मक भएका छन् । गत मंगलबार धितोपत्र बोर्डले अनैतिक गतिविधि गर्दै सेयर बजारमा चलखेल गरेको भन्दै ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै सेयर बजारमा क्रमिक रुपमा गिरावट आएको लगानीकर्ताहरुको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण