निषेधाज्ञाको एक महिनामा बैंकमा भित्रियो ३६ अर्ब
बिहीबार, ०३ असार २०७८, १८ : ११
बाणिज्य बैंकहरुले एक महिनामा ३६ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो महिनाको तुलनामा बैंकको निक्षेप तीन गुणाले बढेको हो । बैशाखमा ११ अर्ब निक्षेप संकलन गरेका बैंकहरुमा जेठमा मात्रै ३६ अर्ब निक्षेप आएको छ । यता, कर्जा लगानी पनि जेठमा ३५ अर्बले भएको छ । कर्जा लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना ३८ अर्ब कर्जा लगानी भएको थियो ।
हालसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जेठ महिनाको अन्तिम तिन दिनमै ९ अर्ब निक्षेप भित्रिएको थियो भने कर्जा लगानी ४ अर्ब भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण